मित्रता बहुउद्धेशीय सहकारीको प्रथम साधारण सभा सम्पन्न

पाेखरा | मंसिर २६, २०७९

मित्रता बहुउद्धेशीय सहकारीको प्रथम साधारण सभा सम्पन्न

पोखराः    मित्रता बहुउद्धेश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । 


पोखरामै पहिलो पटक युवाहरुद्धारा सञ्चालित सहकारीको उद्घाटन गर्दै पोखरा महानगरपालिका  सहकारी संघका अध्यक्ष बलराम गौतमले युवाहरुले आफ्नो ब्यवशाय संगै सहकारीलाई अगाडि बढाउनु आफैमा गर्वको कुरा भएको बताउदै सहकारीको मान्यतालाई आत्मसाथ गरी अगाडि बढ्न आग्रह गरे । पछिल्लो समय सहकारीहरुमा बिकृति मौलाउदै गइरहेको सन्दर्भमा त्यसप्रति मित्रता सहकारीले ध्यान पुर्याउन आवश्यक रहेको बताउदै गौतमले युवा ब्यवसायीहरुलाई सहकारीमा आवद्ध गर्न सके सहकारी अगाडि बढ्न सक्ने धारणा ब्यक्त गरे । 


संस्थाका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले पोखरामा पहिलोपटक युवाहरुद्धारा सञ्चालित सहकारी रहेको बताउदै पोखराका सवै युवा सदस्यहरुको साथ सहयोग पाएको खण्डमा पोखरामा नमुना सहकारीको रुपमा स्थापित हुने बताए । संस्थाका अध्यक्ष जयन्ती मोक्तानले सहकारी स्थापनाको उद्धेश्य सहकारी दर्ता गर्दाबखतको संघर्ष र अगामी कार्यक्रम योजना बजारमा देखिएको आर्थिक समस्यामा मित्रतामा त्यस्तो समस्या नरहेको र अगामी दिनमा पनि समस्या नरहने जानकारी गराउदै सहकारीको सांगठनिक व्यवस्था प्रविधि मैत्री सेवामा बिस्तार, व्यवसायीक प्रतिष्ठानहरु संगको सहकार्य रिक्त पद पूर्तिको लागि सभामा पेश तथा अनुमोदनको लागि विभिन्न बुदाहरु पेश गरेकी थिइन । 


कार्यक्रममा सहकारीका सचिव नबिन श्रेष्ठले सचिवको प्रतिवेदन कोषाध्यक्ष बुद्धि राज भट्टराईले कोषाध्यक्षको प्रतिवेदन पेस गरेमन थिएभने लेखा सुपरिवेक्षण समितिको संयोजक रुद्र गिरीले लेखाको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमा बाल बचत र कोपिला बचत बाल बाललिकाहरुको लागि शिक्षामा अग्रसरहोस भन्ने हेतुले १ सय ५०जना बाल बालिकालाई स्टेशनरी सामाग्री बितरण गरीएको थियो । विभिन्न बिधामा बर्षको बार्षिक उत्कृष्टलाई नगद तथा प्रमान पत्रबाट सम्मान गरिएकोे थियो । 


सहकारीको बर्ष उत्कष्ट कर्मचारी किरण पुनलाई नगद तीन हजार र प्रमाण पत्र, बर्ष उत्कृष्ट बाल बचत सज्जु त्रिपाठी लाई नगद ६ हजार र प्रमाणपत्र, वर्ष उत्कृष्ट कोपिला बचत सनिश श्रेष्ठलाई नगद ६ हजार र प्रमाणपत्र, वर्ष उत्कृष्ट बचतकर्ता रोजेन्द्र प्रसाद पोख्रल, विष्णुकुमारी श्रेष्ठ, लक्ष्मी प्रसाद श्रेष्ठ, दुर्गा श्याम, विष्णु कुमार श्रेष्ठ, बसन्त कुमार श्रेष्ठ र उत्र श्रेष्ठलाई  प्रमाण प्रत्र खादा सहित सम्मान  गरिएको थियो । 


त्यसैगरी बर्ष उत्कृष्ट शेयर सदस्य ईन प्रसाद घर्ती, जुन कुमार श्रेष्ठ, श्रावण कुमार जैसवाललाई  प्रमाण प्रत्र खादा सहित सम्मान गरिएको थियोभने बर्ष उत्कृष्ट नारी बचत कमला श्रेष्ठ प्रमाण प्रत्र खादा सहित सम्मान, बर्ष उत्कृष्ट ऋणी सदस्य श्रीराम अधिकारी, भिम कुमारी गुरुङ, ओम बहादुर कामी, जय प्रकाश लामा प्रमाण प्रत्र खादा सहित सम्मान र बर्ष उत्कृष्ट उपसमिति चन्द्रवती श्रेष्ठलाई  प्रमाण प्रत्र र खादा सहित सम्मान गरीएको थियो । 


सल्लाहकारको तर्फबाट सल्लाहकार राजु श्रेष्ठ र बिनोद दुङ्गानाले शुभकामना मन्तव्य राखेका थिएभने सभाबाट संचालक समितिमा रहेको रिक्त पदमा बबिता के सि कार्की र कृष्ण के सि लाई सर्वसम्मत चयन गरीएको थियो । बन्द सत्रबाट अध्यक्ष सचिव र कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गरी पास गरीएको थियो । 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्